घाइते ललित राजवंशीले एसियाली खेलकुद गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा स्पिनर ललित राजवंशीले १९ औं एसियाली खेलकुद गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएपछि ललितले एसियाली खेलकुद गुमाउने भएका हुन् ।

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यास गर्ने क्रममा ललितको राइट क्लाभिकल भाँचिएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।

दायाँ हातको क्लाभिकलमा चोट लागेको उनको बिहीबार शल्यक्रिया हुने क्यानले जनाएको छ । १९औँ एसियाली खेलकुदको पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ८ सम्म हुँदैछ ।

प्रतियोगिताको नेपाल समूह ‘ए’मा रहेको छ ।  नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्दैछ । समूहको शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्नेछन् ।  पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान र बंगलादेश सिधैं क्वार्टरफाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *