श्री शाके १९४५ बि स २०८० असोज ४ गते बिहीबार इश्वी सन् २०२३ सेप्टेम्बर २१ तारीख भाद्र शुक्ल पक्ष षष्ठी तिथि अनुराधा नक्षत्र प्रिती योग गर करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु सुर्य षष्ठी भक्तपुरमा मंगल कुण्ड मेला – (ज्यो.प. सरोज घिमिरे)
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खानपानमा विशेष सावधानी अपनाउनुहोला । आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । गरिरहेको कार्य परिर्वतनको सम्भावना रहेको छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने छ । अरुको विश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनावको सामना गर्नुपर्ने छ । नयाँ लगानीका क्षेत्रमा विशेष सावधानी रहनुपर्ने छ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्धि हुने छ । मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउने छ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाकोबीच सामान्य मनमुटाब रहन सक्छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको छिटो विश्वास गर्ने बानीका कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोगका निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान् । स्वास्थ्य सम्बन्धि समस्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाइदा मुलक हुनेछ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनका क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक स्राेत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाइदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । तपाईँको प्रगतिमा आरीष गर्नेहरुबाट बच्नु पर्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनुपर्ला । आय आम्दानीमा बृद्धि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।
तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर वाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । क्राेधको कारण मानसीक चिन्ता रहन सक्छ । विश्वासिला व्यक्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
बृश्चिक -राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भावना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारीरिक आलस्यताले सताउने छ । साझेदारीकाे काममा हात नहाले कै बेस हुनेछ । जीवन साथीको साथ सहयोगबाट व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विश्वासिलाे भनिएका व्यक्तिहरूबाट धोका हुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ । दाम्पतिबीच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनुपर्ला । मनोबिलासिताका सामानहरुहरूकाे खरिदमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानीका दीर्घकालिन स्राेतहरु फेला पर्नेछन् ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्य सम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परिवारका कोही सदस्यहरुकाे स्वास्थ्यमा क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको छ । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउने छ । आफ्नो कुशलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ ।
मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनका निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला, सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीका क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अप्जस सहनुपर्ला ।