काठमाडौं । चीनमा जारी एसियाली खेलकुदमा नेपाली राष्ट्रिय भलिबल टोलीले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार दिउँसो भएको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा इरानसँग ३-० को सोझो सेटमा पराजीत हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।
चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई २५–९, २५–१५ र २५–१३ ले हराएको हो । नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो ।
