भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ । चीनको हाङझाउमा बुधबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो ।

नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो । मङ्गलबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *