श्री शाके १९४५ बि. स. २०८० भदौ २६ गते मंगलबार इश्वी सन २०२३ सेप्टेम्बर १२ तारीख भाद्र कृष्ण पक्ष त्रयोदशी तिथि अश्लेषा नक्षत्र शिव योग गर करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा आनन्द योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोषव्रत जुगं ये पञ्चदान – (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । कार्य प्रतिको लगनशीलताको कदर हुने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । प्रेम सम्बन्धमा प्रगाढता छाउने छ । मान सम्मान प्राप्तिको समेत योग रहेको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
वाणी मधुरता छाउने छ । कला कौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थ्यका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन अध्यापनमा भने समय त्यति उत्तम रहेको छैन । नयाँ लगानीमा भने सजग रहनु होला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानीका विभिन्न श्रोतहरु फेला पर्नेछन् । मानशीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारिवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अधुरो यात्रा रहने योग रहेको छ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानशीक चिन्ताले सताउँने छ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । तपाईँबाट सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको संख्यामा बृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्यार्थी वर्गको बौद्धिक विकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइने छ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाइको सम्भावना रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईष्ट मित्रजनको सहयोग प्राप्त हुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहने छ । आय आर्जनका निम्ति अधिक श्रम गर्नु पर्ने समय रहेको छ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानशीक चन्चलताले कार्य क्षेत्रमा झन्झट आइपर्ने छ । सामान्य वादवावादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला, सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जस्ता समाराेहमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साजेदारी कार्यमा हात नहालेकै बेश रहने छ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्ने छ । विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईँको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नु होला ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक क्षेत्रका ब्यक्तित्वसँगको संगतले मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । आय आर्जनका विभिन्न श्रोत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।