दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ २२ गते शुक्रबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ २२ गते शुक्रबार इश्वी सन् २०२३ सेप्टेम्बर ८ तारीख भाद्र कृष्ण पक्ष नवमी तिथि मृगशिरा नक्षत्र सिद्धि योग तैतिल करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु कृष्ण रथ जात्रा, ललितपुरमा भीमजात्रा, विराटनगरमा राधाकृष्ण रथजात्रा, निजामती सेवा दिवस, राष्ट्रिय शिक्षा दिवस तथा साक्षरता दिवस  (ज्यो.प. सरोज घिमिरे)

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ । मान्यजनको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाइकाे सम्भावना रहेको छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुपर्ने छ । जीवन साथीको सहयोगमा जटिल कार्य सम्पादित रहने छन् ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । मित्रजन तथा दाजुभाइबीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भाबना रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्ने छ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेर तथा सभासम्मेलन जस्ता समाराेहमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहने छ । वाणीमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोविलासिताका साधनको प्रयोगमा समय ब्यतित रहनेछ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहने छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन अध्यापनमा समय मध्यम रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादन प्रति अरुको दवावको महसुस हुनाले दिन तनाब पूर्ण व्यतित रहला । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । असम्बन्धित व्यक्तिहरूकाे विश्वासमा नपर्नु होला ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा व्यवधान आइपर्ने छ । अध्ययन अध्यानपनमा अधिक समय ब्यतित गर्नुपर्ने छ । शुभ चिन्तकहरुको संख्यामा बृद्धि हुने छ । रचनात्मक कार्यका क्षेत्रमा समय व्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । बोलीका कारण आफन्तजनहरुसँग तनाब उत्पन्न बढ्ने छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभासम्मेलन जन्य समाराेहमा सहभागीता रहनुका साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्यप्रतिको लगनशीलतामा बृद्धि हुनेछ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । मानशीक चन्चलताले सताउँने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्यकाे थालनीमा साबधानी अपनाउनु होला ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *