श्री शाके १९४५ बि. २०८० भदौ १९ गते मंगलबार इश्वी सन् २०२३ सेप्टेम्बर ५ तारीख भाद्र कृष्ण पक्ष षष्ठी तिथि भरणी नक्षत्र ध्रुव योग गर करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मुसल योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु – (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सबारी साधनको प्रयोमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ । वाणीका कारण सामान्य वादविवादको योग रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहने छ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । नजिकका मित्र तथा दाजु भाइहरुसँगको सम्बन्धमा वैमनश्यता उत्पन्न हुन सक्ने छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
शारीरिक आलस्यताले अध्ययन अध्यापनका क्षेत्रमा प्रभाव पार्ने समय रहेको छ । शत्रु परास्त्र हुने छन् र शुभ चिन्तकको संख्यामा बृद्धि हुनेछ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला । भोज भतेर जस्ता समाराेहमा सरिक हुने अवसर प्राप्त हुनेछ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्ने छ । सभासम्मेलन जस्ता समाराेहमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिँनेछ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चोट पटकको सम्भावना रहेता पनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानी क्षेत्रमा बृद्धि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ, सजग रहनु होला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउने छ साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटले मन प्रशन्न रहने छ । साथै पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौद्धिक व्यक्तित्वसँगको भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका श्रोतहरु फेला पर्ने छन् । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउनसक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । पराक्रममा बृद्धि हुनेछ । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन सजग रहनुहोला । सामान्य चोट पटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । असबन्धित व्यक्तिकाे पूर्ण विश्वसा नगर्नु नै राम्रो रहने छ । मनोरञ्जनका सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।