कोरोना बीमाको रकम उपलब्ध गराउन बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोरोना बीमाको रकम उपलब्ध गराउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार कुम्भकर्ण भएको आरोप समेत लगाए ।

सरकारले बीमावापतको करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न माग गरेका हुन् ।

उनले भने, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको बीमा गरेँ । त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निन्द्रामा पर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *