सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ

 

काठमाडौँ  । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला  एक लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँच रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *