काठमाडौँ । वीर अस्पतालको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको सीसीटिभी फुटेजमा देखिएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रले मृतक पुरुषको हालसम्म पहिचान नखुलेको जानकारी दिएका छन् ।
शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।