काठमाडौं । एसीसी एसिया कप अन्तर्गत आज हुने समूह ‘ए’को अन्तिम खेलमा भारत र नेपाल भिड्दैछन् । पल्लेकेले अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोलीलाई जीतको विकल्प छैन । आजको खेलको विजेता अन्तिम चारमा पुग्नेछन् । यसअघिनै समूह ‘ए’बाट आयोजक पाकिस्तान अन्तिम चारमा पुगिसकेको छ । पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजीत भएको नेपाल आजको खेलमा सबै पक्ष सुधार्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । पाकिस्तानविरुद्ध शुरुवातमा अनुशासित बलिंङ गरेपनि अन्तिम समयमा समाल्हिन नसक्दा नेपालले भारी रन खर्चिन पुगेको थियो ।
हालसम्म टेस्ट राष्ट्रसँग चार खेल खेलेको नेपालले जीतको स्वाद चाख्न पाएको छैन । पछिल्लो ५ खेलमा मात्र एक जीत निकालेको नेपाल आज भारतलाई रोक्दै विश्व क्रिकेटमा आफुलाई चिनाउन चाहन्छ ।
यता पहिलो खेलमा वर्षा बाधक बन्दा पाकिस्तानसँग खेलमा अंक बाढेको भारत आज नेपाललाई हराउँदै अन्तिम ४ मा प्रवेश गर्ने सोचमा रहेको छ । पाकिस्तानविरुद्धको खेलमा धर्मराएको भारतको ब्याटिङ आजको खेलमा नेपाली बलिंङ सामु हाबी हुने अनुमान गरिएको छ । पाकिस्तानको तीव्र गतिका बलरसमूह निरह बनेको ब्याटिङलाई हार्दिक पान्ड्य र इशान किसानले उकासेका थिए । आज भारत नेपालमाथि फराकिलो जीत निकाल्दै नेट रन रेटमा उत्कृष्ट रहँदै शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुग्न चाहन्छ ।
आजको खेलमापनि वर्षा बाधक बन्ने अनुमान गरिएको छ । आज पल्लेकेले स्टेडियममा पानी पर्ने ८० प्रतिशत सम्भावना रहेको छ । नेपाल आज विश्व क्रिकेटको महारथी भारतसामु आफुलाई परीक्षण नगरी घर फर्किन चाहन्न भने भारतपनि लगातार दोस्रो खेल वर्षाको कारण गुमाउन चाहँदैन ।