श्री शाके १९४५ बि. स. २०८० भदौ १८ गते सोमबार इश्वी सन् २०२३ सेप्टेम्बर ४ तारीख भाद्र कृष्ण पक्ष पञ्चमी तिथि अश्विनी नक्षत्र वृद्धि योग कौलव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु डाक्षीमा कोलमतिघाट स्नान,ल.पु. नृसिंह जात्रा (उपाकल छाया) (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारिवारिक कलहको सामना गर्नुपर्ला । सबारी साधनको प्रयोमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रूपमा सम्पन्न हुने छन् । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । नजिकका मित्र तथा दाजु भाइहरुसँगको सम्बन्धमा वैमनश्यता उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । अपरिचित व्यक्तीको पूर्ण विश्वास नगर्नु नै राम्रो रहनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फँसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्ने छ । सभा सम्मेलनजस्ता समाराेहमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खानपानको क्षेत्रमा सजग रहनु उत्तम रहने छ । सामान्य चोट पटकको सम्भावना रहेता पनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानी क्षेत्रमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ, सजग रहनुहोला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । साथै, जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जनमुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटले मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौद्धिक व्यक्तित्वसँग भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्ने छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । नजिक भनिएका व्यक्तिबाट बिश्वासघात हुन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य चोटपटकको सिकार भइन सक्छ। सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।