सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ

काठमाडौँ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला एक सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *