पेप्सीकोलामा बसले तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौँ । काठमाडौंको पेप्सीकोलामा बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । बसले विपरीत दिशाबाट आउँदै गरेका जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका प्ररीले जनाएको छ । घाइते सबैलाई वीर अस्पताल लगिएको छ ।

बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *