सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याएका छन् ।

सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित भएका छन् ।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन् । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *