बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पौडेलबीच कुनै विवाद नभएको बताएका छन् । बुटवलमा पार्टीको लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रममा महासचिव पोखरेलले आफूहरुबीच विवाद नभएको र मिलेर पार्टी बलियो बनाउने बताएका हुन् ।
उनले भने, ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन् । एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ ।’उनले मिलेर लुम्बिनीले देशभर एक सन्देश दिनेसमेत बताए ।