आज रियल म्याड्रिड र गेटाफे भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र गेटाफे भिड्दैछन् । स्टाडियो सन्टियागो बेर्नाबेउमा हुने खेल बेलुकी ८:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । यसअघिको शुरुवाती तीन खेलमा जीत निकालेको म्याड्रिड आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा एथ्लेटिक बिल्बाओलाई २-० गोलले हराउँदै लिगको शुरुवात गरेको म्याड्रिडले दोस्रो खेलमा अल्मेरियालाई ३-१ र तेस्रो खेलमा सेल्टालाई १-० गोलले हराएको थियो ।

म्याड्रिडको जीतमा यसै सिजन क्लबमा आवद्ध भएका इंग्लिस मिडफिल्डर जुडे बेलिन्घाम नायक बनेका थिए । बेलिन्घामले तीन खेलमा चार गोल गरिसकेका छन् । पछिल्लो तीन खेलमा म्याड्रिडले गेटाफेलाई पराजीत गरेको थियो । हाल म्याड्रिड ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ ।

यता पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको गेटाफेलाई जीतको लागि तेस्रो खेलसम्म कुर्नुपरेको थियो । दोस्रो खेलमा जिरोनासँग ३-० गोलले पराजीत भएको बार्सिलोनाले तेस्रो खेलमा आल्भेसमाथि संघर्षपूर्ण जीत निकालेको थियो । हाल गेटाफे ३ खेलबाट ४ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ । पछिल्लो समय  चोटबाट संघर्ष गरिरहेको म्याड्रिडमाथि जीतको लक्ष्यमा गेटाफे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *