प्रिमियर लिगमा वेस्टहाम विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वेस्टहाम युनाइटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लुटन टाउनलाई २-१ गोलले हराउँदै वेस्टहाम लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

केनिलवोर्थ रोडमा भएको खेलमा वेस्टहाम युनाइटेडलाई जीत दिलाउन जरोड बोवेन र कुर्ट जोउमाले समान एक-एक गोल गरे । लुटनको लागि माड्स जुएल एन्डर्सनले एक गोल गरे । खेलको ३७ औं मिनेटमा लुकासको पासमा बोवेनले गोल गर्दै वेस्टहामलाई शुरुवाती अग्रता दिलाएका थिए ।

८५ औं मिनेटमा जोउमाए हेडर गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाएका थिए । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा एन्डर्सनले गरेको गोल लुटनको लागि सान्तवनामा सिमित रह्यो ।

जीतसँगै वेस्टहाम ४ खेलबाट १० अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट अंक विहिन लुटन लिगको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *