गाईको धार्मिक रुपमा मात्र नभई आयुर्वेदको क्षेत्रमा पनि महत्व छ

नवराज पौडेल ।
नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसास्कृतिक देश हो । यहाँ धेरै जातजाति धर्म मन्ने मान्छे बस्छन् । सदियौंदेखि भाइचाराको सम्बन्ध छ । तर पछिल्लो समय विदेशीहरुको इसारामा हाम्रा कला, संस्कृतिमाथि प्रहार भैराखेका छन् । त्यसले गर्दा हाम्रो राष्ट्रियता नै खतरामा परेको छ । नेपाल ९४ प्रतिशत ओमकार परिवार बस्ने साझा घर हो । याहाँ विभिन्न जातजातिका मानिसहरु बस्ने गर्छन् । पछिल्लो समय हामीलाई फुटाएर विदेशी शक्तिहरुले नेपाललाई रणभूमिमा परिणत गर्न खोज्दैछन् । त्यसको पछिल्लो उदाहरण हो धरान घटना । गाई हिन्दूहरुले माताको रुपमा पुज्ने गर्छन् । गाई नेपालको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावर भनेको कुनै एउटा समाज समुदायको मात्र होइन यो त सबै नेपालीहरुको राष्ट्रिय जनावर हो र त्यसकारण गौहत्या कुनै नेपालीलाई पनि सह्य हुँदैन र हुने पनि छैन । त्यसकारण गाईलाई हामीले समरक्षण गर्नुपर्छ । गाईको दूध, गौ मुत्र मलबाट आयुर्वेदमा ३६ हजार सुत्र छन्, जसले गर्दा हामीले विभिन्न उपचार विधिमा प्रयोग गर्न सकिन्छ ।

पञ्चगव्यको पनि छुट्टै महत्व छ । गौ मुत्रबाट प्रेसर, सुगर, क्यान्सर जस्ता रोगलाई प्ररास्त गर्न सकिन्छ । गाईको दूधमा कम फ्याट हुन्छ जसले गर्दा सबैलाई हित गर्छ । गाईलाई हामीले दिनको १०/१५ मिनेट मुसार्यो भने मात्र पनि छुट्टै उर्जा प्राप्त हुन्छ । गाईको मल बन्जर जग्गामा प्रयोग गरियो भने त्यो जग्गामा हराभरा हुने गर्छ । गाइले रुख बिरुवाको पात खायो भने पनि त्यो हागा ÷बिरुवा राम्रोसँग पलाउने गर्छ । गाई मात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै वातावरणमा फाल्छ । गाईको दूधबाट रेडियो विकिरणबाट रक्षा गर्दछ । गाईको एक तोला घ्युबाट यज्ञ गर्दा १६०० किलो अक्सिजन निस्कन्छ ।

गाईको दुधमा केरोटिन हुन्छ जसले आँखामा फाइदा पुर्याउँदछ । गाईको मुत्रमा २४ वटा धातु हामीले प्राप्त गर्न सकिन्छ जसले गर्दा उर्बरा शक्ति बढाउन र हामीले सेवन गर्दा पनि धेरै फाइदा पुर्याउँदछ । गाईको गोबरबाट हैजाका किटाणुहरु मर्छन् । गोबरबाट दाद, लुतो, खटिरा जस्ता छालामा देखिने समस्या पनि हटेर जान्छन् । गाईले दुध दिने बेलामा लेक्टोस भन्ने पदार्थ दिन्छ जसले गर्दा हृदय रोगलाई ठिक गर्दछ। गाईका बाच्छाबाच्छीहरु कराउँदा निस्कने आवाजबाट हामीमा नकारात्मक कुराहरु हटेर जान्छन् र मनलाई आनन्द बनाउँदछ । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा ४५०० नेपाली गाईलाई त्यहाँ लगेर अनुसन्धान गरिदै छ किनभने उनीहरुले नेपाली गाईको महत्व बुझेर विभिन्न अनुसन्धान गर्दैछन् । तर हामी नेपालीले कहिले बुझ्ने यी कुरालाई बुझ्दासम्म धेरै ढिला भैसक्ने छ । त्यसकारण अब हामी उठ्न पर्ने अवस्था आएको छ गाईको मासु मिठो लाग्यो भनेर खान पाइँदैन । गाईलाई ससारको माताको रुपमा पुज्ने बेला हो । राष्ट्रिय जनावरलाई कुनै पनि देशमा हत्या गर्न पाइँदैन । नेपालमा गौ हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *