नेपालमाथि पाकिस्तानको विशाल जीत

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा नेपालमाथि २ सय ३८ रनको विशाल जीत निकाल्दै पाकिस्तानले प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।

जीतको लागि ३ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भएको हो । नेपालको लागि सोमपाल कमी र आरिफ शेख बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । सोमपाल कामी ४६ बलमा ४ चौकाको मद्दतमा २८ रन बनाउँदा आरिफले २६ रन बनाए । उनले ३८ बलमा ५ चौका प्रहार गरे । आरिफ र सोमपाल कामीले चौथो विकेटको लागि ५९ रनको साझेदारी गरेका हुन् ।

यस्तै गुलसनले १३, करण केसीले ७ र कुशल मल्लले ६ रन जोडेका थिए । यसअघि नेपालले कुशल भुर्तेललाई ८, आसिफ शेखलाई ५ र रोहित पौडेललाई सुन्य रनमा गुमाएको थियो । कुशल ४ बल खेल्दै २ चौका प्रहार गरेर आउट हुँदा आसिफ ५ रन बनाउँदै नसिम शाहको बलमा अफ्तिखर अहमेदबाट क्याच आउट भए ।

पाकिस्तानको लागि सदाब खानले ६.४ ओभरमा २७ रन खर्चिंदै ४ विकेट लिंदा शाहिन शाह अफ्रिदी र हारिस राउफले समा दुई-दुई विकेट लिए । यस्तै नसिम शाह र मोहम्मद नावजको नाममा एक-एक विकेट रह्यो ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको थियो । पाकिस्तानको लागि बाबर अजाम र अफ्तिखर अहमेदले सतक पूरा गरेका हुन् । बाबरले १ सय ३१ बलमा १४ चौका र ४ छक्काको मद्दतमा १ सय ५१ रन बनाएका हुन् । इफ्तिखरले ७१ बलमा १ सय ९ रन बनाए । उनले ११ चौका र ४ छक्का प्रहार गरेका हुन् । यसअघि मोहम्मद रिजवानले ५० बलमा ६ चौकाको मद्दतमा ४४ रन बनाउँदा फखर जमानले १४ रनको योगदान गरेका थिए ।

नेपालको लागि सोमपाल कामीले १० ओभरमा एक मेडन राख्दै ८५ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिंदै एक विकेट लिंदा करण केसीले ९ ओभरमा ५४ रन दिँदै एक विकेट लिए ।

जीतसँगै पाकिस्तानले दुई विकेट जोडेको छ । अब नेपालले दोस्रो खेलमा भारतसँग श्रीलंकामा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *