नेपालविरुद्ध बाबरको सतक

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध जारी एसीसी एसिया कपको उद्धाटन खेलमा सतक पूरा गरेका छन् । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा बाबरले एकदिवसीयमा १९ औं सतक पूरा गरेका हुन् ।

बाबरले १ सय ९ बलमा १० चौकाको मद्दतमा सतक पूरा गरेका हुन् । यस्तै अफ्तिखर अहमदलेपनि एकदिवसीयमा व्यक्तिगत दोस्रो अर्धसतक पूरा गरेका छन् । उनले ४३ बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

ताजा अवस्थामा पाकिस्तानले ४२ ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन जोडेको छ । बाबर १ सय २ र अहमेद ५१ रन बनाउँदै क्रिजमा छन् । यसअघि मोहम्मद रिजवानले ४४ र फखर जमानले १४ रन जोडेका थिए ।

नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान एक-एक विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *