नेपालसँग खेल्ने पाकिस्तानको प्लेइङ ११ घोषणा

काठमाडौं । आजबाट शुरु हुने १६ औं संस्करणको एसीसी एसिया कप अन्तर्गत आज नेपालविरुद्ध हुने उद्धाटन खेलको लागि पाकिस्तानले आफ्नो प्लेइङ ११ घोषणा गरेको छ । पाकिस्तानले बाबर अजामको कप्तानीमा प्लेइङ ११ घोषणा गरेको हो ।

हाल एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानले आफ्नो पहिलो रोजाइकै खेलाडी मैदान उतार्ने भएको छ । नेपाल र पाकिस्तान आज पहिलोपटक भिड्न लागेका हुन् । मुल्तान क्रिकेट स्टेडियममा हुने उद्धाटन खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

यो पनि पढ्नुहोस : एसिया कप : उद्धाटन खेलमा आज पाकिस्तान र नेपाल भिड्दै

एसिया कप : विपक्षीलाई दबाब दिन सक्ने नेपालका ५ खेलाडी

एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि

पाकिस्तानको प्लेइङ ११ :- फखर जमान, इमाम-उल-हाक, बाबर अजाम(कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), सलमान अली अघा, इफ्तिखर अहमद, शदाब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस राउफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *