एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड काठमाडौंमा

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड काठमाडौं आइपुगेका छन् । तीनदिने भ्रमणका लागि उनी मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।

बुधबार अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै उनी काठमाडौं आएका हुन् । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने कार्यक्रम रहेको छ ।

एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले सेप्टेम्बर ३० मा अर्थ मन्त्रालयमा औपचारिक कार्यक्रममार्फत एमसीसी कार्यान्वयन सुरु हुने जानकारी दिए । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ । सम्झौताअनुसार २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *