काठमाण्डाै । अस्ट्रेलियाकाे चर्चीत फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका पाँच जना खेलाडी परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद र देव खनाल ड्राफ्टमा परेका हुन् । सन्दीपले यसअघि नै बीबीएल खेलिसकेका छन् भने आसिफ, आरिफ अर्जुन र देव विदेशी लिगको ड्राफ्टमा पहिलोपटक अटाएका हुन् । अब उनीहरू अनुबन्ध हुने/नहुने अक्सनबाट टुङ्गो लाग्नेछ ।
१३ औं संस्करणको बिग बासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी रहेका छन् । बिग बास आगामी ७ डिसेम्बरबाट सुरु हुनेछ ।