दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ १० गते आइतबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ १० गते आइतबार इश्वी सन् २०२३ अगस्त २७ तारीख श्रावण शुक्ल पक्ष एकादशी तिथि पूर्वाषढा नक्षत्र प्रीति योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पुत्रदा एकादशीव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलीमा मधुरता छाउने छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्ने योग रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दम्पतीबीच सामान्य मनमुटाव रहला । वाणी तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजुभाइ तथा इष्टमित्र बीच सम्बन्ध सुधार रहने छ । गरिरहेको कार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउँने छ । समय त्यति राम्रो रहेको छैन ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवन साथीकाे सहयोगमा व्यापार व्यवसायमा राम्रै समय रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । व्यापार व्यवसायमा समय खर्चिदा उत्तम रहने छ । पारिवारिक समस्याले भने सताउँन सक्ने छ । मान्यजनहरुको सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक कार्यमा समय ब्यतित रहनेछ । खर्च नियन्त्रण गर्न गाह्राे पर्न सक्ला । आफन्तजनहरु टाढिन सक्छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्द्वीहरुका कारण गरिरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । बोलिको कारण साथीभाइ टाँढिन सक्छन् । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहने छन् । रचनात्मक कार्यबाट लाभ प्राप्त रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार व्यवसायमा राम्राे समय रहेको छ । भोगविलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुने छन् । सभासम्मेलन जस्ता समाराेहमा सहभागीताको योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको क्षेत्रमा समान्य ढिलाइ रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला । नजिकका मित्रजनहरुबाट धोका हुने सम्भावना रहेको छ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाइबीच मनमुटाब रहन सक्ला । कामको क्षेत्रमा सामान्य झन्झट ब्यर्होनुपर्ला । खानपानमा सावधानी अपनाउनु उत्तम हुनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फस्ने सम्भाबना रहेको छ । संचीत रकम समेत खर्चको योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानका प्रभावले घाँटी सम्बन्धि सामान्य असर देखा पर्नसक्ने छ । स्वास्थ्यमा देखिएका समस्या बिस्तारै समाधान हुने छन् । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनुपर्ने देखिन्छ । जीवन साथीको सहयोगमा व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईँको कार्यको चियोचर्चा गर्नेहरुको सङख्यामा बृद्धि हुनेछ । नयाँ लगानीका क्षेत्रमा सजग रहनुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
गरिरहेको काममा त्यति मन नलाग्नाने र सामान्य अप्जस आईपर्ने छ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेको छ । नयाँ लगानीका साथै आयमुलक कार्यका क्षेत्रमा खर्चिएको समय समेत उत्तम रहने छ । कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्धि हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरिरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नुपर्ने छ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्ने छ । समयमा सही निर्णय गर्न सकिने छ । विलासिताका साधनको प्रयोमा समय ब्यतित रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *