युक्रेनले कानून प्रवर्तन बलले यसको मुख्य काउन्टर अफेन्सिभसँग मिलेर भ्रष्टाचार विरुद्धको अभियानकारूपमा दुईसय भन्दा बढी सैन्य भर्ती कार्यालयहरूमा एकैसाथ छापा मारेको छ ।
कानून प्रवर्तन अधिकारीहरूले देशका लगभग सबै क्षेत्रहरूमा ठूलो मात्रामा भ्रष्टाचार योजनाहरू पर्दाफाश गरेको बताएका छन् । पछिल्लो समय देशका विभिन्न भर्ती केन्द्रहरूमा एकैसाथ अनुसन्धान भइरहेको अभियोजकको कार्यालयले जनाएको छ ।