काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी दिएका छन् ।
सोमबार भट्टराईले सामाजिक संजालमार्फत आफनोबारेमा उठेका प्रश्नको सीआईबीलाई जवाफ दिएको जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’
पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र माधवकुमार नेपालसँग सीआईबीले बयान नलिएको भनेर आलोचना भइरहेका बेला भट्टराईले आफूले बयान दिएको सार्वजनिक गरेका हुन्। सर्वोच्चले यस प्रकरणमा निर्णयकर्तालाई पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।
ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै…
— Baburam Bhattarai (@brb1954) August 21, 2023