सिंहदरबारमा सर्वदलीय बैठक, ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।

एमालेकातर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी बैठकमा सहभागी छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

संसदमा देखिएको अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ । तर सत्तारुढ दलहरु भने त्यसमा सहमत भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *