एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी हुँदा म्यानचेस्टर युनाइटेड पराजीत भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नामाउथलाई ३-१ गोलले पराजीत गरेको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन मोहम्मद सलाह, डिएगो जोटा र लुइस डियासले समान एक-एक गोल गरे । बर्नामाउथको लागि अन्टोनी सेमेन्योले एक गोल गरे । खेलको तेस्रो मिनेटमा एन्टोनी सेमेन्योले गोल गर्दै बर्नामाउथलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा डियासले गोल गर्दै लिभरपुललाई १-१ गोलको अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ गोलको अग्रता दिलाए । यस्तै ६२ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई ३-१ गोलको जीत दिलाएका हुन् ।
जीतसँगै लिभरपुल २ खेलबाट ४ अंक जोड्दै लिगको चौथो स्थानमा रहेको छ भने समान खेलबाट एक अंक जोडेको बर्नामाउथ १४ औं स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा टोटेन्हामले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले पराजीत गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन पापे सारले एक गोल गर्दा एक गोल उपहार पाएको हो ।
जीतसँगै टोटेन्हाम दुई खेलबाट ४ अंक जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको युनाइटेड दसौं स्थानमा रहेको छ ।