श्री शाके १९४५ बि. स. २०८० भदौ २ गते शनिबार इश्वी सन् २०२३ अगस्त १९ तारीख श्रावण शुक्ल पक्ष तृतिया तिथि उत्तरफाल्गुनी नक्षत्र सिद्ध योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु वराहजयन्ति मधुश्रावणी पर्व समाप्त (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारका सदस्यहरुबाट टाँढा भएको महसुस हुनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने छन् । नयाँ लगानीका क्षेत्रमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य सम्पादनका निम्ति गोप्यता आवश्यक रहने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनुपर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेम सम्बन्धमा सुधार आउने छ । आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाइ रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनुहोला । कार्य क्षेत्रमा सोचेअनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइबीच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउन सक्नेछन् ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभावको कारण मान्यजनको साथ पाइनेछ । खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्नेछ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्ने छ । मातृ पक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यताले सताउँन सक्छ । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुन सक्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्ने सम्भावना रहेको छ । कुरा काट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । बौद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यताले सताउँन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्यकुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय व्यतित हुनेछ । ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउने छ । साधारण खर्च भए तापनि दिन मध्यम रहने छ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोविलासिताका सामान खरीद योग रहेको छ । दाजु भाइ तथा इष्ट मित्र बीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनुपर्ने समय रहेको छ । आफन्तजनहरूसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिक भनिएका व्यक्तिहरूबाट विश्वासघात हुन सक्छ । खानपानमा सजग रहनुहोला । बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानीका क्षेत्र सबल रहेका छन् । शुभ चिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मतभेद रहन सक्नेछ ।