नेपाल हिन्दू धर्मका लागि पवित्र भूमिः बागेश्वरधाम सरकार

काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) ले नेपाल आफ्नो आत्मा भएको बताएका छन् । शुक्रबार काठमाडौं आएका उनले काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल आत्मा भएको भदै एकदिन नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउने बताए । उनले नेपाल हिन्दू धर्मका लागि पवित्र भूमि भएको बताए ।

नेपालमा रहने सबै भक्तजनहरूका लागि पशुपतिनाथको कृपा रहिरहोस् भन्ने उद्देश्यले पशुपतिनाथको दर्शन गर्न जाने उनको भनाइ थियो । शुक्रबार नेपाल आएका उनी पशुपतिनाथ दर्शन गर्न पुगेका थिए ।

नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि काठमाडौँ आइपुगेका उनलाई पशुपतिनाथको दर्शनका लागि आउने क्रममा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए । शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *