पृथ्वीनारायण र लखन थापाको सालिक एकैठाउँमा राखेर इतिहासको सम्मान गर्नुपर्छ

डा. युवराज संग्रौला ।

पश्चिमी साम्राज्यवादका विरुद्ध घनघोर प्रतिरोध गर्ने पहिलो व्यक्ति चाणक्य थिए । उनले प्रत्येक राज्य र गणराज्यलाई एकतृत गरे । अलेक्जेन्डर भाग्यो, तर तक्सिलामा युनानीहरु लुटिरहेका थिए । जब चन्द्रगुप्त मौर्यले मगध एकीकरण गरे, युनानीले छोड्नुपर्यो । साम्राज्यवादको विरोध र प्रतिरोधको इतिहास एसियाबाट शुरु भयो । उपनिवेशवादको विरुद्धको अभियान नेपालबाट शुरु भयो । पृथ्वीनारायण शाहको नेपालको पुनःएकीकरणको अभियान उपनिवेशवाद विरुद्धको पहिलो घोषणा थियो । सिन्धुलीगढीको युद्धपछि अमेरिकी लेखक थोमस पेनले “सानो गोर्खाले बृटिश उपनिवेशलाई लखेट्न सक्छ, हामी किन सक्दैनौ भनी पर्चा लेखे।“ अमरिका स्वतन्त्र भयो, र उपनिवेशको विरुद्ध लड्ने दोस्रो देश भयो ।

१. मित्रहरु, अहिले पोखराको पृथ्वीचोक प्रहरीको घेराबन्दीमा छ । मेयरकाविरुद्ध पृथ्वीनारायणको सालिक हटाएको आरोप छ, उनलाई । के त्यसो भएको हो ? हो भने गल्ती हो ।

२. सहिद लखन थापाको हत्यामा भूमिका खेल्ने षड्यन्त्रकारीहरु बृटिश थिए । उनीहरुले भिमसेन थापा, माथवर, फत्ते र गगनलाई मराए, र जङ्गबहादुरबाट कोत पर्व गराए । वीर सम्शेरबाट रणोदिप र जङ्गका सन्तान समेत मराए । आज लखनका सन्तान बृटिसका भाडाका सेना छन् ।

३. लखनका पुर्खा र पृथ्वीनारायणले मिलेर देशको एकीकरण गरे र उपनिवेशकाविरुद्ध चेतनाको बिगुल फुके । उनीहरु राष्ट्रका नायक थिए । आज उनका जनता यी दुई महान व्यक्तिलाई शत्रु देख्छन् । यी दुई लाइ शत्रु देख्ने अहंकारी दुबैतिर छन् । बन्द गर तिम्रो ढाँटशास्त्रले बनाएको भ्रमित दिमाग ।

४. राज्यका मालिकले लखन थापालाई चिनेन । काठमाडौं स्कुल अफ ल ले २२ बर्षअघि आफ्नो प्रशासनिक भवन लखन थापाका नाममा सुम्पेको छ । उनी कुसल प्रशासक पनि थिए । उनलाई मराइयो, दरबारलाई लडाउन ।

कथित राजावादीले बुझ्नुपर्छ नेपालको एकीकरण शाह राजा र मगर जर्नेलको सहकार्य थियो । हजारौं जनताले जीवन त्याग गरे । जनताको इतिहास लेख्ने इतिहासकारको अभावले आज देशमा कलह । पृथ्वीनारायण र लखन थापाको सालिक एकैठाउँमा राखेर इतिहासको सम्मान गर । विदेशीका भड्काउमा कोही नआउनुहोस् । देशको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *