दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन ३० गते मंगलबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन ३० गते मंगलबार इश्वी सन् २०२३ अगस्त १५ तारीख अधिक श्रावणकृष्ण पक्ष चतुर्दशी तिथि पश्चात् औंसी तिथि तिष्य नक्षत्र व्यतिपात योग शकुनि करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु औंशिश्राद्ध निशीबार्ने (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुन सक्ने छ । सामान्य कार्यमा अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । पुराना मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । सवारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनुपर्ने छ । पारिवारिक झोरझमेलाले सताउँन सक्ने छ ।

बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयआर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । मित्रजन तथा दाजुभाइबीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भाबना रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेर तथा सभासम्मेलनजस्ता समाराेहमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न हुने छ । वाणीमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्ने छ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोविलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ । व्यापार व्यवसायका क्षेत्रकाे लागि समय उत्तम रहेको छ । स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहने छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन तथा अध्यापनमा समय मध्यम रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादनका बेला अरुको दबावको महसुस हुनाले दिन तनाबपूर्ण ब्यतित रहला । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । असम्बन्धित र अपरिचित व्यक्तिहरूकाे विश्वासमा नपर्नु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आयआर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा ब्यवधान आइपर्ने छ । अध्ययन अध्यानपनमा अधिक समय ब्यतित गर्नुपर्ने छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । बोलीका कारण आफन्तजनहरुसँग तनाब उत्पन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभा सम्मेलनजस्ता समाराेहमा सहगाीता रहनुका साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्य प्रतिको लगनशीलतामा बृद्धि हुनेछ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । मानशीक चन्चलताले सताउँनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनीमा साबधानी अपनाउनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ । तपाइको कार्य सम्पादनको श्रेय असम्बन्धित व्यक्तिहरूले प्राप्त गर्नेछन् । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । परिवारका सदस्यहरुसगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सम्बन्धि समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानमा विशेष सजग रहनुहोला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । असम्बन्धित व्यक्तिहरूका कारण कार्य क्षेत्रमा सामान्य दवाबको सामना गर्नुपर्ने सम्भावना रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्ययन अध्यापन मध्यम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको संख्यामा बृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बन्धित व्यक्तिहरूको विश्वासमा नपर्नु नै उत्तम रहने छ । यात्रामा सामान्य झन्झट आइपर्न सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।

मीन राशि-  दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालीन आम्दानीका स्राेतहरू फेला पर्नेछन् । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित हुनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ । स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेको छ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *