दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन २९ गते सोमबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन २९ गते सोमबार इश्वी सन् २०२३ अगस्त १४ तारीख अधिक श्रावणकृष्ण पक्ष त्रयोदशी तिथि पश्चात् चतुर्दशी तिथि पुनर्वशु नक्षत्र पश्चात् तिष्य नक्षत्र सिद्धि योग वणिज करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अनलाचःह्रे पूजा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहने छ । सामाजिक कार्यमा आफु अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुन सक्ने छ । तपाईँको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेको छ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्र तथा दाजुभाइहरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेको छ । सामान्य शंका उपशंकाहरुको निवारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहने छ । निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागि अनावश्यक परिश्रम खर्चिनुपर्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबको कारण मानशीक समस्या आइपर्ने छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुन सक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुनसक्ने छ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँट र शाहसमा बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य सुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थ्यमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनी गर्नका निम्ति उत्तम समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नेत्र सम्बन्धि समस्याले सताउँन सक्छ । सौदर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । विश्वासिला भनिएका व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । पारिवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गरिरहेको कार्य क्षेत्रबाँट आक्समिक धन लाभ हुने योग रहेको छ । यात्रा आम्दानीमुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनी हुनसक्ने सम्भावना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । विद्यार्थी वर्गका निम्ति समय उत्तम रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको कमजोरीको फाइदा अरुले लिन सक्छन् । पारिवारिक झोरझमेलाले सताउँन सक्नेछ । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्ने छ । सामाजिक कार्यमा आफू अग्रसर भएको खण्डमा भने अरुको विश्वास जितिने छ । गरिरहेको कार्यमा अधिक समय व्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रा झन्झटपूर्ण रहन सक्छ । काम गर्दा विशेष साबधानी अपनाउनुहोला, सामान्य अप्जस आइपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईँले भोग्नुपर्ला । मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्च हुने योग रहेको छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनहरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । तपाईँको बोलीका कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् । नजिक भनिएका व्यक्तिहरूबाट धोका हुनसक्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण व्यतित हुनेछ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रेम सम्बन्धमा सुधार आउने छ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । सफल कार्य सम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउने छ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगी  व्यक्तिहरूको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईँसँग प्रतिस्पर्धा गर्ने व्यक्तिहरुको बृद्धि हुनेछ । विश्वासिल भनिएका व्यक्तिहरूबाट धोका हुनसक्छ । शत्रु सबल रहने छन् । नयाँ लगानीको क्षेत्रमा विशेष होस पुर्याउनुहोला । निर्णय लिने क्षमतामा ह्राँस आउने छ । साझेदारीकाे कार्यमा हात नहाले कै बेश हुनेछ ।

मीन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तिहरुका बीचमा आफु कमजोर भएको महसुस हुनेछ । आफू निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानीले सामान्य झन्झट आइपर्ला । स्वास्थ्यमा गडबडी रहन सक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्ने छ । पठन पाठन सफल रहनाले बौद्धिकताकाे सर्वत्र कदर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *