आज श्री शाके १९४५ बि. स. २०८० साउन २३ गते मंगलबार इश्वी सन् २०२३ अगस्त ८ तारीख अधिक श्रावणकृष्ण पक्ष सप्तमी तिथि पश्चात अष्टमी तिथि अश्विनी नक्षत्र पश्चात् भरणी नक्षत्र गण्ड योग बालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा अमृत योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अष्टमी व्रत गोरखकालीपूजा विश्व भू संरक्षण दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य कार्यमा अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । नयाँ मित्रहरुसँगकाे साथ सहयोगमा जटिल कार्यहरु सम्पादित हुने छन् । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहने छ । नयाँ लगानीमा भने विशेष साबधानी अपानाउनु उत्तम हुनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नजिकका मित्र तथा दाजुभाइहरूसँगकाे सम्बन्धमा वैमनश्यता उत्पन्न हुन सक्ने छ । जीवन साथीको अग्रसरतामा भएकाे कार्य सम्पादन मध्यम रहने छ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो हुनेछ ।
मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कार्यको प्रारम्भले मन प्रशन्न रहने छ । भोज भतेरजन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्ययन अध्यापनको क्षेत्रमा प्रभाव पार्ने समय रहेको छ । शत्रु परास्त्र हुनेछन् र शुभ चिन्तकको संख्यामा बृद्धि हुनेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फँसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरताको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ । स्मरणीय यात्राको सम्भावना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चोट पटकको सम्भावना रहेता पनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्ने छ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानी क्षेत्रमा प्रगति हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ, सजग रहनुहोला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जनमूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटमा मन प्रशन्न रहने छ । साथै, पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौद्धिक व्यक्तित्वसँगकाे भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछन् । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुनसक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसमा कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनसँग भेटघाट हुनसक्ने सम्भावना रहेको छ । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनुहोला । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्तिकाे योग रहेको छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जनमूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ ।