श्री शाके १९४५ बि. स. २०८० साउन १८ गते बिहीबार इश्वी सन् २०२३ अगस्त ३ तारीख अधिक श्रावण कृष्ण पक्ष द्वितीया तिथि धनिष्ठा नक्षत्र सौभाग्य योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साझेदारी कार्यमा विशेष सजग रहनुहोला । नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ । आफूभन्दा सानाको सहयोगमा सम्पन्न कामबाट मनग्य लाभ प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नाले ईष्टमित्रको साथ मिल्ने छ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने छन् । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम सम्पादनका क्रममा सामान्य झन्झट आइपर्ने छ । मान्यजन तथा पारिवारिक साथ सहयोगमा केही दुरीको सामना गर्नुपर्ला । भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो हुने छ । विद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनुहोला ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम काजको क्षेत्रमा भने विशेष सजग रहनुहोला, अपजसआइपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ । आँट र शाहसमा बृद्धि भएता पनि साथीभाइहरु टाँढिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेको छ । अपरिचित व्यक्तित्वहरुको विश्वासमा नपरे कै बेश रहने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्न सक्ला । तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्ने छ । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धि समस्याको सामना गनुपर्ने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । सामान्य वादविवादको झमेलामा फँसिने सम्भावना रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार व्यवसायमा सामान्य समस्या देखा पर्नसक्ने छ । खुट्टा तान्ने व्यक्तिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा विशेष होसियार हुनुपर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खुट्टा तान्ने व्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्ने छ । आर्थिक अभावको सामन गर्नुपर्ला । मनमा सामान्य चिन्ताले बास गर्ने छ । खानपानको गडबढीका कारण सामान्य खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा अरुको दवाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा भने समय मध्यम रहेको छ । आम्दानीका स्रोतहरु फेला पर्नाले मनमा उत्साह छाउने छ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफूभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नाले ईष्टमित्रको साथ मिल्ने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनुहोला । सभा सम्मेलनमा सहभागी हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय राम्रो रहेको छ । आम्दानी मध्यम रहला । विद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँट तथा शाहसमा बृद्धि हुनाले तपाईँका विपक्षीहरू कमजोर रहने छन् । सामान्य यात्रा हुन सक्ला । मित्र तथा दाजुभाइ बीचको सम्बन्धमा सुधार आउने छ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आँट र शाहसमा बृद्धि भएता पनि साथीभाइहरु टाँढिएको अनुभव हुन सक्ला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानमा विशेष ध्यान दिनुहोला । आजको लगानी भोलिका निम्ति फाइदाजनक हुने छ । अरुको भर पर्दा कार्य क्षेत्रमा सामान्य अप्जसआउन सक्छ । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्ने छ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मानशीक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारिवारिक झोर झमेलाले सताउँन सक्छ । तपाईँको कार्यको फाइदा अरुले सहजै लिन सक्ने छन् । तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा अपजसको सम्भावना रहने छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको विश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने व्यक्तिहरुबाट बच्नुपर्ने समय रहेको छ । पारिवारिक झोर झमेलाले सताउँन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । तात्कालीन आर्थिक अभावको सामना गर्नुपर्ने छ । नजीक भनिएका व्यक्तिहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ