एजेन्सी । बलियो उपाधि दाबेदार मानिएको ब्राजिल फिफा महिला विश्वकपको समूहचरणबाटै बाहिरिएको छ । बुधबार दिउँसो भएको खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको हो ।
यस्तै आजै भएको समूहको अर्को खेलमा पानामालाई ६-३ गोलले हराउँदै फ्रान्स समूह विजेता बनेको हो । फ्रान्सलाई जीत दिलाउन काडिडिटोउले ह्याट्रिक पूरा गर्दा मालले लाक्रर, लिए ले गार्रेक र भिकी बेचोले समान एक-एक गोल गरे । पानामाको लागि मार्टा कोक्स,योमिरा पिन्जोन र लिनेथ लिनेथ सेडेनोले समान एक-एक गोल गरिन् ।
जीतसँगै फ्रान्स तीन खेलबाट ७ अंक जोड्दै समूह ‘एफ’को विजेता बन्दा समान खेलबाट ५ अंक जोडेको जमैका दोस्रो स्थानमा रह्यो । समान खेलबाट ४ अंक जोडेको ब्राजिल समूहचरणबाट बाहिरिएको हो ।