शेयर बजार ९ अंकले बढ्यो

काठमाडौं । बुधबार शेयर बजार नेप्से सामान्य बढेको छ । बुधबार नेप्से ९ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ । जलविद्युत्, व्यापार र लघुवित्तबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रभु स्मार्ट फन्डको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ९३ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड २४ रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *