श्री शाके १९४५ बि. स. २०८० साउन १७ गते बुधबार इश्वी सन् २०२३ अगस्त २ तारीख अधिक श्रावण कृष्णपक्ष प्रतिपदा तिथि श्रवण नक्षत्र आयुष्मान योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा छत्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तजनको साथ सहयोगमा कमि आउँनाले सामान्य मानशीक चिन्ताले सताउँन सक्छ । पारिवारिक स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनीको योग रहेको छ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ । साथै, सामान्य अपजस खेप्नुपर्ला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अपरिचित व्यक्तिहरुको विश्वासमा नपरे कै बेश हुने छ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादित हुने छन् । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । आँट शाहसको कमीले कार्यमा व्यबधान आउँला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानमा विशेष सजग रहनु उत्तम हुने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । सामान्य वादविवादको झमेलामा फँसिने सम्भावना रहेको छ । व्यापार व्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरे कै बेश हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । व्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानशीक चन्चलताका कारण गरिरहेका काममा सामान्य ढिलाइको सम्भावना रहेको छ । दाजु भाइ तथा मित्रजनहरुसँगको सम्बन्ध टाँढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यको गडबढीका कारण सामान्य खर्चको सम्भावना रहेको छ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ । मित्रजनहरुसँगको भेटघाट पश्चात् सामान्य यात्राको योग रहने छ । शत्रु सबल रहनाले कुरा काट्ने व्यक्तिहरुको संख्यामा बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुने छ । यात्रा फाइदामूलक हुनसक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्य क्षेत्रमा भएकाे त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय मध्यम रहने छ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउँन सक्ला ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मविश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ । अरुको कार्य क्षेत्रमा भएको त्रुटिको अपजस तपाईँले खेप्नुपर्ने छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाइदा दिलाउँने छ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको गडबढिका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहने छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुने छ । शारीरिक आलस्याताले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहने छ । परिवारका सदस्यहरुमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने छ । आय आर्जनको क्षेत्र मध्यम रहने छन् । जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
नजीक भनिएका व्यक्तिहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । झुटा आरोपको सम्भावना रहेको छ । स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ, विशेष ध्यान दिनुहोला । अरुको कुरामा विशेष ध्यान नदिनुहोला ।
मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भोजभतेर जन्य समाराेहमा सहभागीताको योग बन्ने छ । पुरानामित्रजनसँगको भेटघाटले मन हर्षित रहला । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परीश्रम गर्नु पर्न सक्छ । बौद्धिक क्षेत्रको विकाशले तपाईँको मान सम्मानमा बृद्धि हुने छ ।