दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन १५ गते सोमबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन १५ गते सोमबार इश्वी सन् २०२३ जुलाई ३१ तारीख अधिक श्रावण शुक्ल चतुर्दशी तिथि पश्चात पूर्णिमा तिथि पूर्वाषाढा नक्षत्र विष्कुम्भ योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु खिर खाने दिन ( ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेको छ । भौतिक सुख साधन प्राप्त हुने योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउने छ । भोग बिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउने छ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्य क्षेत्रमा लगाइएको कर्मको प्रतिफल प्राप्तिका निम्ति सामान्य प्रतिक्षा गर्नुपर्ने छ । मनो बिलासिताका सामान खरीदकाे योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाब रहला । वाणी तथा स्वास्थ्यका क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजु भाइ तथा इष्ट मित्र बीच सम्बन्ध सुधार रहने छ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
खुशीको खवरको श्रवणले मन प्रशन्न रहला । स्थान्तरणको योग रहको छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ । व्यापार व्यवसायका निम्ति समय उत्तम रहेको छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाइको योग रहेको छ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुभन्दा पछि परिने योग रहेको छ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । खर्च नियन्त्रण गर्न गाह्राे पर्न सक्ला । आफन्तजनहरू टाँढिन सक्छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलता अनुरुप फल प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सही निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनुपर्ला । मानसिक चन्चताले विद्या असफल रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । नयाँ कामको थालनी हुन सक्छ । बोलीको कारण साथी भाइ टाँढिन सक्छन् ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक सुख प्राप्त रहने छ । मेहेनतको राम्राे फल प्राप्त  हुने छ । खानपानमा विशेष ध्यान दिनुहोला । व्यापार व्यवसायमा राम्राे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरिएका निर्णयले असफल बनाउन सक्ने छ । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुभन्दा पछि परिने योग रहेको छ । कामको क्षेत्रमा सामान्य ढिलाइ रहन सक्छ । यात्रामा सामान्य झन्जट आउँन सक्छ । बल तथा पराक्रममा बृद्धि हुने छ । आम्दानीका क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाइ बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहने छ । मालसामान हराउँन सक्ला । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जीवन सुखमय बित्नेछ । बोलीको प्रभावका कारण मान्यजनको साथ पाइने छ । कार्य क्षेत्रमा लगाइएको लगनशीलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तिको योग रहेको छ । ब्यापार ब्यबसायमा राम्राे समय रहेको छ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउँन सक्ला । नयाँ कामको थालनी नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहने छ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका क्षेत्र बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यति मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्राे समय रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रयोग गरिएको समयले साथ दिनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विद्या प्राप्तिको योग रहेको छ । पारिवारिक झमेलाले सताउँनेछ । सही समयमा सही निर्णय गर्न सकिने छ । सामान्य वादबिवादमा फस्न सकिने छ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहने छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *