दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन १४ गते आइतबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन १४ गते आइतबार इश्वी सन् २०२३ जुलाई ३० तारीख अधिक श्रावणशुक्ल द्वादशी तिथि पश्चात् त्रयोदशी तिथि मूल नक्षत्र वैधृती योग वालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोषव्रत ( ज्यो.प. सरोज घिमिरे)

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ मित्रहरुसँगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ । अचल सम्पत्तिमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाइ हुन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता बढ्न सक्छ । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नुपर्ने छ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरै कै बेश हुने छ । दाजुभाइबीच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलीको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पुर्ण हुने छन् । बोलीको प्रभावका कारण मान्यजनको साथ पाइनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी र गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकहरूको संख्यामा बृद्धि हुनाले मनमा उत्साह बढ्ने छ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण विश्वास गर्नाले तपाईँलाई घात हुन सक्छ । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफूभन्दा सानाको सहयोगमा गरिएका कार्यहरु सफल रहने छन् । बौद्धिक ब्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्ग दर्शन बन्नेछ । मातृपक्षको स्वास्थ्यमा देखा परेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यति मन नलाग्नाने सामान्य अप्जस आइपर्ने छ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कठिनाइ पश्चात् मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला । कार्य क्षेत्रमा लगाएको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरिरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नुपर्ने छ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँट शाहसको कमीले कार्यमा व्यवधान आउँला । प्रतिपक्षी  सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ । हतासमा गरिएको कार्यले झन्झट दिलाउँला । पारिवारिक सम्बन्धमा सुधार आउने छ । सामान्य यात्रा हुन सक्छ । भोग विलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा आएको खरावीले कार्यमा ढिलाइ उत्पन्न गराउँने छ ।सन्तान सम्बन्धि समस्याले सताउँला । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दम्पत्तीबीच सामान्य मनमुटाब रहला । वाणी तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बेश हुनेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउने छ । जिद्दी स्वभाव तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउँला । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्ने छ । व्यापार व्यवसायमा समय खर्चिँदा उत्तम रहने छ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्ना प्रिय व्यक्तिसँगकाे वियोगले मन निरुत्साहित रहला । अन्य व्यक्तिकाे विश्वास गर्ने बानीमा सुधार ल्याउनुपर्ने छ । लापरबाहीले धनमालमा सामान्य क्षति हुने सम्भावना रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी बृद्धिका लागि विद्वत व्यक्तिहरूकाे मार्ग दर्शन अबलम्बन गर्नु लाभदायक रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । बोलीको कारण साथीभाइ टाँढिन सक्छन् । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउँन सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहने छ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्नेछ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *