दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन ११ गते बिहीबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन ११ गते बिहीबार इश्वी सन् २०२३ जूलाई २७ तारीख । अधिक श्रावणशुक्ल नवमी तिथि विशाखा नक्षत्र शुभ योग कौलव करण चन्द्रमा तुला राशिमा पश्चात् वृश्चिक राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ( ज्यो.प. सरोज घिमिरे)

मेष राशि -चु, चे,चो, ला, लि, लु, ले, लो, अ
वाणीका कारण निकटतम्  व्यक्तिहरूसँगकाे सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । असम्बन्धित व्यक्तिकाे विश्वासमा गरिएका कार्यहरुमा सजग रहनुहोला, सामान्य अपजसको सम्भावना रहेको छ । खानपानमा विशेष सावधानी अपनाउनुहोला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भावना रहेको छ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । व्यापार व्यवसायमा भने सामान्य ढिलाइको सम्भावना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरूकाे संख्यामा बृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ । साझेदारीका कामका क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थताको सम्भावना रहेको छ । आकस्मिक खर्चको सामना गर्नुपर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरुले काममा गरेकाे लापरवाहीको प्रतिफल तपाईँलाई आइपर्न सक्ने छ । साजेदारी व्यवसायमा मनग्य लाभ मिल्ने छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो हुनेछ । कुरा काट्ने व्यक्तिहरूबाट बच्नुपर्ने सयम छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक साथ सहयोमा गरिएका कामहरु दीर्घकालीन फाइदाका स्राेत साबित हुने छन् । पति पत्नि बीचको सम्बन्धमा सामान्य खटपट रहने सम्भावना रहेको छ । कार्यक्षेत्रमा लगाइएकाे लगनशीलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक स्राेत साधनको प्रयोगमा विशेष साबधानी अपनाउनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रजन तथा दाजुभाइसँगको सम्बन्धमा सुधार आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले काम सम्पन्न गर्न सहज हुने छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नुपर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुने छ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नुपर्न सक्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुलकुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौद्धिक व्यक्तित्वसँगको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ । मित्रजनको साथ सहयोगमा कमि रहला । अध्ययन अध्यापनका क्षेत्रमा त्यति मन जाने छैन ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । व्यापार व्यवसायमा गरिएकाे साजेदारीमा भने सामान्य असमन्जस्यता उत्पन्न हुन सक्नेछ । काम गर्दा धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनुहोला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेको छ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानशीक चन्चलताका कारण मित्रजनसँगको सम्बन्धमा फाटो आइपर्ने छ । जीवन साथीको सहयोमा गरिएका व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानी तथा साजेदारीका क्षेत्रमा भने उत्तम समय रहने छ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परिणत हुने छन् ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहने छ । प्रतिपक्षी तथा प्रतिस्पर्धीको संख्यामा बृद्धि हुन सक्ने छ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ । तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहने छ । मान्यजनको सहयोगका कारण भाग्योदयको योग रहने छ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नुपर्ने छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भावना रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । सन्तान सम्बन्धि समस्याले सताउँन सक्नेछ । कार्य धैर्यताका कारण पद र प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य यात्रा प्रश्चात मान् सम्मानको प्राप्ति हुन सक्ने छ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहने छ । मित्रजनको अति सामिप्यतामा अहित हुन सक्ने छ । पारिवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *