ट्वीटरको लोगो परिवर्तन

सामाजिक सञ्जाल ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघिको परिचित नीलो ‘चरो’ लाई परिवर्तन गरेर सोमबार साँझदेखि ‘एक्स’ राखिएको हो । ट्वीटरका मालिक इलन मस्कले आइतबार साँझ आफ्ना कर्मचारीलाई इमेल गर्दै कम्पनी ‘एक्स’ मा परिणत हुने उल्लेख गरेका थिए ।

मस्कले ट्वीटरको स्वामित्व ग्रहण गर्नेबित्तिकै कम्पनीलाई ‘एक्स कर्पोरेसन’ मा परिणत गरेका थिए । अमेरिकी समयअनुसार आइतबार मध्यरातदेखि मस्कले एक्सबारे ट्वीट गर्न सुरु गरेका थिए । ट्वीटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनः ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको प्रतिक्रिया दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *