सेनाको संख्या घटाउन एकाएक कसरी र कुन कोणबाट हुँदैछ ‘लविङ’ ?

मोहन लामा रुम्बा ।
आजको युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को युग हो । अबको तेस्रो विश्वयुद्ध भनेको चीन अमेरिका रसिया जस्ता महाशक्ति राष्ट्रहरू आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा लड्नेछन् । भन्ने गरिन्छ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा अमेरिकालाई पनि चीनले उछिनेर धेरै अगाडि गइसकेको छ । हालै भारतीय सेनाको पूर्वअधिकारी पुस्तक ‘द लास्ट वार’ मा लेख्छन्– भारत चीन अहिले लडाइँ लड्यो भने मात्र १० दिनमा चीनले भारत कब्जा गर्ने छ किनभने चीनले आर्टिफिसियल इन्टेलिजेन्स सेना प्रयोगमा ल्याउने छ । उनी कुनै हावादारी लेखक होइन ऊनी भारतको वरिष्ठ रक्षा विशषज्ञ नै हुन् । भन्न खोजेको के त ?

मैले भन्न खोजेको कुरा यो हो की नेपालको केही सांसद नेताहरूले नेपाली सेनालाई विघटन गर्नुपर्छ चीनसँग पनि लड्न सक्दैन भारतसँग पनि लड्न सक्दैन भने किन राख्ने नेपाली सेना ? भनेर तर्क दिइरहनेहरु जस्तै उता भारतमा पनि चीनसँगको युद्धमा १० दिन पनि नटिक्ने भारतीय सेनालाई किन राख्ने ? भनेर अभिव्यक्ति दिने गर्छन् की गर्दैन होला ?  भारतीय सेनाले न त चीनसँग लड्न सक्ने न त अमेरिकासँग न त रसियासँग फेरि  केलाई राख्ने ? भन्दै गरेको कुनै भारतीय सांसद नेताहरूले बोल्दै गरेको पाउनु भएको छ ? पक्कै पाउनु भएको छैन होला। त्यसो भए नेपालमा एकाएक कसरी कुन कोणबाट ‘लविङ’ हुँदै छ ?

नेपाली सेना सरकार मातहतका एउटा विभाग मात्रै हो, यो कुनै दोस्रो समानन्तर सरकार होइन । नेपाली सेनालाई नियमितरूपमा अत्याधुनिक हातहतियार बन्दोबस्ती सामग्री छापामार तालिम ‘अपडेट’ नगराईकन सिर्फ प्राइभेट कम्पनीको चौकीदार जसरी सलामी र मलामी दिँदै बस्ने बनाउने सरकार हो । सेनालाई बन्दुक थमाउनु पर्नेमा कोदालो थमाएर बाटो खन्ने कुली बनाउने सरकार संग प्रश्न गर्ने की सरकार मातहतमा रहेर निर्देशन पालन गर्ने सेना माथि प्रश्न गर्ने ? भन्न खोजेको कुरा यही हो यति हो ।

यो पनि

किन नघटाउने सेनाको संख्या ?

 

हचुवाका भरमा किन उठाइयो सेनाको संख्या कटौतीको कुरा ?

 

सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा जुन तरिकाले कुराहरू उठाईंदैछ, उचित देखिदैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *