दक्षिणकाली माताले सबैको रक्षा गरुँन्, हेर्नुहोस् साउन ५ गते शुक्रबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन ५ गते शुक्रबार इश्वी सन् २०२३ जुलाई २१ तारीख अधिक श्रावण शुक्ल चतुर्थी तिथि मघा नक्षत्र पश्चात् पूर्वफाल्गुनी नक्षत्र व्यतिपात योग वणिज करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा काण योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ( ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धीहरू सबल रहनाले कार्य सम्पादनमा विशेष सावधान रहनुपर्ने समय रहेको छ । विश्वासिला भनिएका  व्यक्तिहरूबाट धोका हुन सक्ने सम्भाबना रहेको छ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउँन सक्ने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सबारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानमा सजग रहनुहोला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारिवारिक झोर झमेलाले सताउँन सक्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइबीच मनमुटाब रहन सक्ला । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कुरा काट्ने व्यक्तिबाट टाँढै रहनु होला । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुनसक्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्ने छ । बोलीको प्रभावका कारण मान्यजनको साथ पाइने छ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । मित्रजनको साथ सहयोगले आकस्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक सुख प्राप्त हुनेछ । शारीरिक आलस्यताले सताउँन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्ने छ । हराएका धनमाल प्राप्तिकाे योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । संगिततर्फ रुचि जाग्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमी प्रेमीका बीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । सामान्य क्षती बेहाेर्नुपर्ला । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परोपकारका क्षेत्रमा मन जाने छ । साधारण खर्च भए तापनि दिन मध्यम रहने छ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्ने छ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनको सहयोग प्राप्त हुने छ । विद्या तथा व्यापारको क्षेत्रमा राम्रो योग रहेको छ । बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ, सजग रहनुहोला । शारीरिक आलस्यताले सताउँन सक्ने छ ।  लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवार तथा ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउने छ । सन्तान सम्बन्धि समस्याले सताउँन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आम्दानीकाे क्षेत्र सबल रहेको छ । शुभ चिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्तजनसँग भेटघाट हुनसक्ने सम्भावना रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दाजु भाइ तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहने छ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात् सभा सम्मेलनमा सहभागी हुन सकिने छ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीको कारण साधारण समस्या आउँन सक्ने छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँला । स्थान्तरणको योग रहको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउँन सक्छ । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनुहोला । सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *