दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज साउन २ गते मंगलबारको राशिफल

आज श्री शाके १९४५ बि स २०८० साउन २ गते मंगलबार इश्वी सन् २०२३ जूलाई १८ तारीख अधिक श्रावणशुक्ल प्रतिपदा तिथि तिष्य नक्षत्र हर्षण योग किंस्तुघ्न करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अधिकमास (मालपुवा दान गर्ने) मत्स्येनारायणमा मेला शुरु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक झोरझमेलाले सताउन सक्ने छ । गरिरहेको कार्यमा अधिक समय व्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईँको कमजोरीको फाइदा अरुले लिन सक्छन् । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्ने छ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको विश्वास जितिने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा विशेष सावधानी अपनाउनुहोला सामान्य अप्जस आइपर्न सक्ने छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईँले भोग्नुपर्ला । मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्च हुने योग रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तजनहरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्नेछ । मेहेनतअनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण व्यतित हुने छ । खानपानमा विशेष ध्यान दिनुहोला । तपाईँको बोलीको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन । नजिक भनिएका व्यक्तिबाट धोका हुन सक्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहने छ ।सफल कार्य सम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विश्वासिला व्यक्तिहरुबाट धोका हुनसक्छ । शत्रु सबल रहने छन् । नयाँ लगानीको क्षेत्रमा विशेष होस पुर्याउनु होला । सहयोगी व्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईँसँग प्रतिस्पर्धा गर्ने व्यक्तिहरुको बृद्धि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आउने छ । साझेदारी कार्यमा हात नहालेकै बेश हुने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफू निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानीले सामान्य झन्भट आइपर्ला । स्वास्थ्यमा गडबढि रहन सक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौद्धिक व्यक्तिहरुका बिचमा आफू कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुन सक्नेछ । तपाईँको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य शंका उपशंकाहरुको निवारण हुने दिन रहेको छ । परिश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहने छ । मित्र तथा दाजु भाइहरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेको छ । निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागी अनावश्यक पश्रिम खर्चिनुपर्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबको कारण मानसिक समस्या आइपर्ने छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थ्यमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । आँट शाहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट व्यर्होनु पर्ला । नयाँ कार्यको थालनी गर्नका निम्ति उत्तम समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाय आर्थिक अभावको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारिवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा आम्दानी मूलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । गरिरहेको कार्य क्षेत्रबाट आक्समिक धनलाभ हुने योग रहेको छ । विद्यार्थी वर्गका निम्ति समय उत्तम रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *