राजेन्द्र थापा ।
रास्वपाका डा. स्वर्णिम वाग्ले र एमाले सांसद विमला राईले सेना घटाएर प्रदेश बढाउन सदनमै आवाज उठाए पनि कुनै अनुसन्धान तथा सेना निर्धारण प्रक्रियाको एकेडेमीक अध्ययन पेश गर्नु भएन । संसारको कुनै पनि सदनमा देशको सबैभन्दा संवेदनशील सेना घटाउने ठाडो प्रस्ताव आउँदैन । न प्रधानमन्त्री न रक्षामन्त्रीले प्रतिकार गरे । रास्वपाको नीति यही हो कि यो निजी हो न पार्टी न अध्यक्षले भने । मौन समर्थन भयो । आफूलाई अर्थविद्को विश्वविख्यात सम्झने वाग्लेले अचानक बच्चाले जस्तोबजेट छलफलमा राष्ट्रिय सुरक्षाशक्ति कटाउने प्रस्ताव किन गरेछन् ?
भ्याटिकनको रणनीतिक लक्ष हो क्रिस्चियन बाहुल्य देश बनाउन देश टिकेको चार पयर मध्ये तीन अर्थात् राजसंस्था, धर्म र जातीय एकताको पयर तोडिसकेको भएपनि अझै सोचेजति क्रिस्चियनिटी नबढ्नुमा सनातन परम्परागत उग्र राष्ट्रभक्त नेपाल निर्माता तथा विश्वको एकमात्र सर्वस्वीकार्य शान्ति सैनिक नेपाली सेना हो । र अझै पनि उनीहरुले भत्काइसकेका पयरलाई फेरि खडा गर्न जनताहरुको सेनालाई गरिएको आह्वान र साथै भारतमा क्रिस्चियन एजेन्ट सोनियाको विपरीतको सरकार समेत रिभर्सको मानसिकतामा आइसकेकोले पनि सेनामाथि हमला स्वभाविक हो । आजलाई यसबारे यति मात्र । तर पनि कुनै पनि देशलाई कति र कस्तो सेना राख्ने भन्ने कुरा दल नेता या विषयभन्दा फरकका व्यक्ति या अल्लारे फेसबुके हरुले त्यसै बोल्नु घातक ।तर पनि यस्को गहन अध्ययन गर्ने एक प्रकृया हुन्छ । बुझ्न सहज गरेर मैले एक प्रक्रिया टुल पेश गरेको छु ।
1) Security Threat analysis
2) Counter measures
3) Available resources
4) Various Options
5) Find best options among options led by the resources
without hampering the national threat.
etc.
स्मरणार्थः २०५९ मा सेनाको अध्ययन गर्न अमेरिकाको एक विज्ञको दल आएको थियो । उसले देशको विविध गण गुल्म, स्कुल र स्टोर, संचार यातायात र माओवादी सैनिक शक्तिको स्रोत र विकास समेतको अध्ययन गरेर सुझाव दिएको थियो ।
सेनाको त्यसबेलाको कम्युनिकेशन चिफ भएको कारणले उक्त अतिगोप्य प्रतिवेदनको समय मैले पनि सवाल जवाफको अवसर पाएको थिएँ । सेना कति चाहिन्छ भन्ने बिषयमा उनीहरुको भनाई थियो ।
नपरेसम्म सेनाको आवश्यकता महसुस नहुने कारण सरकारले सेनालाई ४६ देखि निचरेर राखेको र शुरुमै सेना परिचालन गर्न नदिइ सशस्त्रको हतार हतार स्थापना तथा प्रहरीको किलो टु को कारण बिद्रोहीले देशभरी नियन्त्रण गर्न सकेको हो ।
यस्तै घटना नेपालमा छिमेकीले भविष्यमा पनि सशस्त्र युद्धको हालजस्तै प्रोक्सी इनसरजेन्सी गराएर नेपाललाई नियन्त्रण या बिलिन गराउन सक्छ । या जातीय द्वन्द्वबाट गृहयुद्ध गराउन सक्छ कसैले पनि परबाट । तसर्थ त्यसबाट राष्ट्र स्वतन्त्र रहने र भुटान या तिब्बत स्टाटसमा नपुग्ने राष्ट्रिय सुरक्षा नीति लिन भौगोलिक बिकटता, दुई विशाल आपसका दुस्मन भारत र चीनको बीच नपिसिन भूगोल अमुशारको आधुनिक इक्विप्ड तथा सम्पन्न विशेष फौज कमसेकम अढाइ लाख सदा रेडी राखेर तथा शुरुमै प्रयोग गरिने रणनीति कायम गरिनुपर्छ ।
यसपटक जस्तो इनसर्जेन्सी शुरु भएपछि फौज बढाउने र सशस्त्र खडा गरेर होइन । अन्यथा नेपाल सोभरेन रहन सक्दैन । विदेशले चर्काउन सक्ने अनेक द्वन्द्वका लागि प्रयाप्त मसला हुनु र दलहरु विदेशबाट सन्चालित हुने जनताले शंका गरेको आदि विविध तत्वहरुले झन् प्रज्वलनशिल हुनेछ ।
-नबुझीकन भनिन्छ कि चीन या भारतले हमला गरेमा यो सेनाले रोक्न सक्दैन । यसको अर्थ हमला हुन्छ भन्ने अनुमान त रहेछ नि त यिनको पनि । त्यसको अर्थ हामी अहिले नै सरेन्डर गरे भयो नि त ।
– अहिलेनै रास्वपाको आवाज बढी भएकोले भ्याटिकनको रणनीति र धर्मका लागि गरिने गृहयुद्धको थ्रेट oriented प्रसङ्ग मा रहेको हुँ ।
-भारतको नेहरु डक्ट्रिन अनुसार ९ सालमा सेना घटाएर मिलटरी मिसन स्थापना र चेकपोस्ट आदिको प्रसङ्ग बेग्लै । हाल भने भारत नेपाली सेना बलियो हुनु लाभदायक भन्ने मानसिकतामा पुगेको छ । तर सैनिक सहकार्य भारतसङ्ग मात्र बढोस् चीन सङ्ग घटोस् भन्नेमा छ ।
