दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् असार २९ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० असार २९ गते शुक्रबार इश्वी सन् २०२३ जुलाई १४ तारीख श्रावण कृष्ण पक्ष द्वादशी तिथि रोहिणी नक्षत्र गण्ड योग कौलव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु आदिकवि भानुभक्त आचार्य जयन्ती (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्च गर्नुपर्ने सम्भावना रहेको छ । वाणीका कारण सामान्य वादविवादको झमेलामा फस्ने सम्भावना रहेको छ । भोजभतेरमा सहभागीताको योग रहेको छ । सभा सम्मेलनमा सहभागीताको समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्ने उत्तम समय रहेको छ । पारिवारिक साथसहयोगमा व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त गर्न सकिने छ । प्रेम सम्बन्धमा मधुरता छाउने छ । अध्ययन अध्यापनमा लगाइएको समय महत्वपूर्ण सावित हुनेछ  । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । गरिरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य वादविवादको झमेलामा फसिँएला । मानसम्मानमा आँच आउँन सक्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउँनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययन अध्यापनमा समय उत्तम रहने छ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय व्यतित रहने छ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहने छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहने छ । बौद्धिक व्यक्तित्वहरुको अनुशरण दीर्घकालीन फाइदाका स्राेत बन्ने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, ट
भौतिक साधनको प्रयोगमा समय व्यतित रहने छ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । सभासम्मेलनमा सरिक हुने अवसर प्राप्त रहने छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्च गर्नु परे तापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । मान्यजनहरुको मार्ग दर्शन निकै फाइदाजनक हुनेछ । अपरिचित व्यक्तिहरूद्वारा सम्पादित कार्यको श्रेय तपाईँले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउँन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त रहने छ । साजेदारीमा नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्नेछन् । मनोविलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने छ । शुभ चिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त हुने छन् । मित्रजनरुको प्रशन्नताका निम्ती समय व्यतित गर्नुपर्ने छ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखापर्ने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । अध्ययन अध्यापनका माध्यमबाट आम्दानीका निम्ति दीर्घकालीन स्राेतहरू फेला पर्ने छन् । बौद्धिक तथा विशिष्ट व्यक्तिहरुको राय सल्लाहले नयाँ कार्यको प्रारम्भ हुनसक्ने योग रहेको छ । पुराना मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा जुट्ने उत्तम समय रहे तापनि आफन्तजनहरुको साथ सहयोगमा भने कमि महसुस रहने छ । भूमि तथा वहान सुख प्राप्त रहने छ । भौतिक साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाईँसँग रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्ने छन् । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भावना रहने छ । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *