युनाइटेडका पूर्वखेलाडी भान डेर सार आईसीयूमा

लण्डन । पूर्व डच गोलकिपर एडविन भान डेर सार अस्पतालमा भर्ना भएका छन् । छुट्टी मनाउन क्रोएसिया पुगेका सारको मस्तिष्कमा रगत जमेपछि अस्पतालमा भर्ना गरिएको हो । उनको हाल  क्रोएसियाको अस्पतालमा उपचार भइरहेको छ ।

५२ वर्षीय पूर्वडच खेलाडीको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको आयाक्सले जानकारी दिएको छ । साले आयाक्सबाट सन् १९९० बाट १९९९ सम्म खेलेका थिए । यस्तै उनले सन् २००५ बाट २०११ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । त्यसपछि उनले खेलजीवनबाट सन्यास लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *