काठमाडौं । बंगलादेशसँग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फूटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले शुक्रबार गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।
नेपालले १९ औं एसियन गेम्सको तयारीको लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले जुलाई १३ र १६ मा बंगलादेशमै घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टोली
गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही
फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी ।